Friday, September 7, 2018
Home > लेख/बिचार > २०७२ सालको वर्षफल र समाधान शान्तिका उपायहरु

२०७२ सालको वर्षफल र समाधान शान्तिका उपायहरु

डा. वासुदेवकृष्ण शास्त्री
डा. वासुदेवकृष्ण शास्त्री

नेपालको सन्दर्भमा २०७२ साल सुखद देखिदैन । नेपाली पञ्चांगमा तिथि वार नक्षत्र योग करण यस वर्षको राजा शनि ग्रह कीलक नाम संवत्सर मन्त्री मंगल ग्रह ग्रहगोचरको स्थितिलाई हेर्दा यो वैशाख महिना ५ वटा मंगलवारले युक्त भएको छ । वैशाख, असार, भदौ, मंसिर महिनामा महिनाको १ गते मंगलवार परेको छ । संहिता ग्रन्थअनुसार जुन महिनामा ५ वटा मंगलवार पर्छ र वर्षको मन्त्री पनि मंगल हुन्छ त्यस्तो अवस्थामा विभिन्न दैवी प्रकोपहरु हुन्छन् । चैत्रमा ५ वटा मंगलवार यसैगरी वर्षभरीमा ५३ वटा मंगलवार परेको छ । यस प्रकारको ग्रहस्थितिलाई विचार गर्दा जुन महिनामा ५ वटा मंगलवार पर्छ र सक्रान्ति मंगलवार पर्छ । यस्तो अवस्थामा अतिवृष्टि, अनावृष्टि, बाढी भूस्खलन (पहिरो), किरा फट्यांग्राको बीगबीगी, रोगव्याधीको प्रकोप, प्रशस्त बढ्ने देखिन्छ । सवारी दुर्घटना, वायुयान दुर्घटना, उल्कापात खडेरी आदि पर्ने असिना पानीले बालीनाली, खेतिपाती, पशुचौपायालाई असर गर्छ । विभिन्न स्थानमा अग्निभय रहनेछ । ठूला पहाडहरु भत्कने योग रहन्छ । कतै सुख्खा लाग्ने कतै महामारी हैजा आदिको प्रकोप बढ्न सक्छ । जनतामा अत्यासलाग्दो त्रास उत्पन्न हुन्छ । शनि र मंगलको द्वन्द्वका कारण अशान्ति मच्चिन सक्छ । शाशक वर्गप्रति जतनामा घृणा आक्रोश क्षोभ उत्पन्न हुन्छ । सबैलाई चित्त बुझाएर काम गर्ने राजनेताको खाँचो हुन्छ । राष्ट्रको महत्वपूर्ण पदमा बस्ने व्यक्तिको आकस्मिक निधनले समाजमा चिन्ता बढ्न सक्छ । समुद्रमा ज्वारभाटाहरु उत्पन्न हुन्छ । शुक्लपक्षको सप्तमीदेखि पूर्णिमासम्म अतिवृष्टि वा भूकम्पले क्षति पु¥याउन सक्छ । सामाजिक काम गर्नेहरुप्रति अविश्वास बढ्नेछ । स्वार्थपनाले समाजलाई पिरोल्ने छ । न प ज भ इ च ल य आदि गरेका देशहरुमा अत्यन्त कष्टको स्थिति आउन सक्नेछ । केही देशहरुमा तानाशाहको उदय शैनिक शासन, सत्तामा हस्ताक्षर, नागरिकबाट सत्तामा हस्तक्षेपपूर्ण अवस्था सिर्जना हुने सम्भावनाछ । शैनिक सुरक्षा प्रति जनताको विश्वास बढ्नेछ । विभिन्न देशहरुमा सुरक्षा निकायले सत्ता पलट गरी सैनिक नेतृत्वमा सरकार बन्ने र निस्पक्ष निर्वाचन हुनेछ । बौद्धिक वर्गहरु स्वार्थका लागि अनर्गल कर्ममा जुट्नेछन् । लेख रचनाहरु प्रकाशित गरेर स्वार्थसिद्धि गर्नेहरु सक्रिय रहनसक्छन् । धर्म संस्कृति परम्परामाथि कुठाराघात गर्नेहरु सक्रिय हुन सक्नेछन् । वैदिक विज्ञान, पूर्वीय दर्शनको व्यापक चर्चा हुनेछ । वैज्ञानिक खोज अनुसन्धान वृद्धि हुनेछ ।

समाधानका उपायहरु

यस्तो ग्रहनक्षत्रहरुको संयोजनबाट उत्पन्न हुने अनिष्ट समाधानको लागि सामुहिक प्रार्थना सभा । सबै समुदाय आपसमा मिलेर घरको नजिक पिपल, बर, समी, तुलसी, पारीजात, रुद्राक्ष, कुश, आँप, चाँप, डुम्री, पाखरी आदिका रुखमुनी ५, ७, ९, ११ आदि संख्यामा दियो बालेर प्रातःकालीन र सन्ध्याकालीन समयमा प्रार्थना गर्ने ।
श्रीपशुपतिनाथ, बौद्धनाथ, मत्स्येन्द्रनाथ, गोरखनाथ, कुशेश्वर, पीण्डेश्वर, गुप्तेश्वर आदि पवित्र मन्दिरहरुमा रुद्राभिषेक गर्ने ।
विभिन्न शक्तिपीठहरुमा होमहोमादि गरी वातावरणीय शुद्धिको कामना गर्ने ।
दैवी प्रकोपमा परी मृत भएका आत्माहरुको चीरशान्तिको कामना गर्ने ।
राष्ट्रमा शान्ति, समृद्धिको कामना गर्दै सुन्दर, शान्त, सुखद र समुन्नत नेपाल र नेपालीको कल्याणका लागि प्रार्थना गर्ने
सबैले दैवी प्रकोप शान्तिका लागि प्रार्थना गर्ने
ॐ द्यौः शान्तिः अन्तरिक्षं शान्तिः पृथ्वीशान्तिः आपः शान्तिः ओषधयः शान्तिः वनस्पतयः शान्तिः विश्वेदेवाः शान्तिः ब्रé शान्तिः सर्वं शान्तिः शान्तिरेव शान्तिः सामा शान्तिरेधिः । ॐ शान्तिः .. शान्तिः … शान्तिः …..
ॐ œयंबकं यजामहे सुगन्धिं पुष्टिवद्र्धनम्
उर्वारुकमिव बन्धनात् मृत्योर्मुक्षीय मा मृतात् । ॐ नमः शिवाय । ॐ नमो भगवते रुद्राय । ॐ नमो नारायणाय
सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःखभाग् भवेत् ‘……..

Leave a Reply

Your email address will not be published. Required fields are marked *