Monday, September 3, 2018
Home > स्थानीय > १० लाखको लागतमा पीसीसी सडक निर्माण

१० लाखको लागतमा पीसीसी सडक निर्माण

महोत्तरी । महोत्तरी जिल्लाको हर्दिया गाउँमा १० लाखको लागतमा पीसीसी सडक निर्माण भएको छ ।
सहोडवा गाविसको वडा नम्बर ७, ८ र ९ पर्ने हर्दिया गाउँको वडा नम्बर ९ मा गाविसको ५ लाख ५० हजार र गाउँलेको श्रमदान सहित १० लाखको लागतमा पाँचसय फिट पीसीसी सडक निर्माण भएको छ ।
20150728_140537
सो पीसीसी सडक उद्घाटन कार्यक्रममा मंगलबार प्रमुख अतिथि गाविस सचिव धु्रवदेव झाले सडकको उद्घाटन गर्नुभएको छ ।
पीसीसी सडक उद्घाटन कार्यक्रमको अध्यक्षता वडा नम्बर ९ का नागरीक वडा मञ्चका अध्यक्ष राजेश्वर साहले गर्नुभएको थियो भने कार्यक्रममा हर्दिया सहकारी संस्थाका अध्यक्ष रामहुलास मण्डल, हर्दिया युवा क्लवका अध्यक्ष भगवान दास, स्थानिय युवा एवं समाज सेवी सुरेन्द्र मण्डल, दिनबन्धु झा, नेकपा एमालेका पूर्व जिल्ला अध्यक्ष कालीचन्द्र साह, स्थानिय शिव नारायण यादव, उपेन्द्र मण्डल, जुगेश्वर साह लगायतका वक्ताहरुले आ आफ्ना मन्तव्य दिनुभएको थियो ।
वक्ताहरुले सो गाविसमा युवाहरुले गर्दा नै पहिलो पटक पीसीसी सडक निर्माण हुन सकको भन्दै युवाशक्तिको निक्कै सराहना गर्नुभएको थियो भने त्यहाँका युवा शक्तिलाई गाउँको प्रत्येक क्षेत्रको विकासका लागि परिचालन गर्नुपर्नेमा जोड दिनुभएका थिए ।
20150728_140651

Leave a Reply

Your email address will not be published. Required fields are marked *