Friday, September 7, 2018
Home > स्थानीय > स्याउको बेर्ना रोप्न गएकाको चट्याङ लगेर ज्यान गयो

स्याउको बेर्ना रोप्न गएकाको चट्याङ लगेर ज्यान गयो

कालीकोट, २५ फागुन– चट्याङ लागेर कालीकोटको फुकोट गाविस–२ मा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा फुकोट गाविस– २ का वर्ष ४० का कृष्णप्रसाद न्यौपाने र वर्ष ५० का प्रेम टमाटा रहेको स्थानीयवासी माधव उपाध्यायले बताए ।
उनीहरू गाउँभन्दा चार घन्टा टाढा पर्ने सिप्टी लेकमा स्याउको बेर्ना रोप्नको लागि गएका थिए ।
उनीहरूले विगत पाँच वर्षदेखि स्याउलगायतका बिरुवा उत्पादन गर्दै आएका थिए ।
प्रहरी चौकी स्युना राजकोटबाट प्रहरी घटनातर्फ गएको प्रहरी चौकी राजकोटले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *