Friday, September 7, 2018
Home > अन्तर्राष्ट्रिय > सोमालियाको होटलमा आतंकवादी हमला

सोमालियाको होटलमा आतंकवादी हमला

सोमालिया । अफ्रिकी राष्ट्र सोमालियाको राजधानी मोगादिसुमा एक होटलमा आतंकवादी हमला हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने अन्य ४० जनाभन्दा बढी घाइते भएका छन् ।
27somalia-master675
विमानस्थल नजिकै एउटा होटललाई आतंकवादीहरुले निशाना बनाएका हुन् । होटल ‘जजिरा प्यालेस’ मा विस्फोट गराउन एउटा मोटर प्रयोग गरिएको थियो ।
सोमालियाको उग्रवादी समूह ‘अल शबाब’ले हमलाको जिम्मा लिएको छ । अल कायदासँग निकट सम्बन्ध रहेको सो समूहले आफ्ना विरुद्ध अफ्रिकी संघका सेना र सोमालिया सरकारले गरेको हमलाको जवाफस्वरुप यो आक्रमण भएको हो । (एजेन्सी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *