Friday, September 7, 2018
Home > राष्ट्रिय > सुस्ताबासीले भारतीय सीमाको बाँध ‘भत्काए’

सुस्ताबासीले भारतीय सीमाको बाँध ‘भत्काए’

परासी । पश्चिम गण्डक नहरका कारण डुबानमा परेको भन्दै सुस्ताबासीले भारततर्फ जाने नहरको बाँध भत्काएका छन् । यद्यपि स्थानीय प्रशासनले स्थानयबासीलाई मनाउने प्रयास जारी राखेको छ र नहरमा पानी खस्न दिएको छैन ।

हालै अविरल वर्षापछि आएको बाढीका कारण नवलपरासीको सुस्ता १ र २ डुबानमा परेको थियो । नहरको बाँधका कारण डुबानमा परेको भन्दै स्थानीयले फलामे पुल नजिकै नहरको बाँध भत्काउन पुगेका हुन् । उनीहरुले भाँध खनेर आफूहरुको खेतमा जम्मा भएको पानीको निकास दिनु पर्ने बताएका छन् ।

झण्डै २०० को संख्यामा रहेका सुस्ताबासीले ८/१० मिटर बाँध भत्काइसकेका छन् । तर, नहरमा पानी खसेको छैन । स्थानीय प्रशासनले रोकेको छ ।

प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले स्थानीयबासी बाँधमा पुगेको स्वीकार गरे । ‘खेतको पानी नहरमा हाल्नुपर्‍यो भनेर स्थानीय पुगेका हुन् तर, हामीले भारतीय पक्षसँग कुरा गर्छौं भनेर रोेकेका छौं,’ रानाले अनलाइनखबरसँग भने ।

नारायणी नदीको पानी गण्डक जलविद्युत आयोजनाका लागि नहरमा ल्याइएको छ । विद्युत उत्पादनपछि यो पानीलाई भारतले सिंचाईका लागि लैजाने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *