Saturday, September 1, 2018
Home > राष्ट्रिय > सुन तस्करी प्रकरण : व्यापारी विमल पोद्दारको घरमा छापा

सुन तस्करी प्रकरण : व्यापारी विमल पोद्दारको घरमा छापा

काठमाडौं– साढें ३३ किलो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा हुण्डी तथा सुन तस्करीमा संलग्न व्यापारी विमल पोद्दारको घरमा छापा हानिएको छ। सुन तस्करी अनुसन्धानका लागि गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानविन समितिले विहीबार पोद्दारको डिल्ली बजारस्थित सिल्भर सिटीमा रहेको घरमा छापा मारेको हो।

समितिले छापा मारी उनको डायरी, लेजा, बैंक स्टेटमेन्ट तथा सम्पर्क व्यक्तिहरुको विषय उल्लेख भएका कागजात नियन्त्रणमा लिएको एक सदस्यले जानकारी दिए।

व्यापारी पोद्दार यसअघि नै समितिकाे फन्दामा परिसकेका छन्। उनलार्इ मंगलबार साँझ समितिले नियन्त्रण लिएर अनुसन्धान गरिरहेकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *