Friday, September 7, 2018
Home > अर्थ > सुनचाँदीको भाउमा क्रमशः गिरावट

सुनचाँदीको भाउमा क्रमशः गिरावट

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको भाउमा क्रमशः गिरावट आएको छ । बिहीबार पनि सुनचाँदीको भाउमा गिरावट आएको छ ।
gold-final-final2
सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेको हो । बिहीबारका लागि नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको भाउ तोलाको ५० हजार ५ सय रुपैयाँ तोकेको जनाएको छ ।
बुधबार तोलाको ५१ हजारमा कारोबार भएको थियो । यस्तै चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले कमी आई ६ सय ७० कायम गरिएको महासंघले जनाएको छ ।
सोमबार मात्रै सुन तोलाको ५१ हजार ९ सयमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *