Friday, September 7, 2018
Home > अर्थ > सुनको भाउ फेरि बढ्यो

सुनको भाउ फेरि बढ्यो

काठमाडौं। अन्तर्राष्ट्रिय बजार भाउ पच्छ्याउँदै स्थानीय बजारमा सुनको भाउ पुनः बढेको छ । सुन तोलाको ५० हजार नजिक आइपुगेको छ ।
gold-final-final2
विहीबार छापावाल सुनको मूल्य तोलामा ४ सयले उकालो लागेर ४९ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार पनि अघिल्लो दिनको तुलनामा तोलामा ७ सयले बढेर ४८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसदिन चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर ६ सय ९५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

विहीबार साँझसम्म अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ११ सय १६ डलर हाराहारीमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *