रसुवा । रसुवाको टिमुरे गाविसमा निर्माण गर्न लागिएको सुख्खा बन्दरगाहको विस्तृत डिजाइन तयार गरी जग्गा अधिग्रहणको प्रक्रिया अगाडि बढाइएको छ ।
नेपाल इन्टर मोडल यातायात विकास समितिले नेपाल र चीन सीमाना रसुवागढीबाट करिब तीन किलोमिटर दक्षिणमा निर्माण गर्ने सुख्खा बन्दरगाहका लागि आवश्यक जग्गा अधिग्रहणको सूचना सम्बन्धित स्थानमा टाँस गरेको छ ।
सुख्खा वन्दरगाहका लागि आवश्यक लाङटाङ राष्ट्रिय निकुञ्जको १०९ रोपनी, टिमुरे गाविसको ५९ रोपनी र लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि बस्दै आएको नेपाली सेनाको ५ रोपनी जग्गा अधिग्रहण गरिने गरि सूचना टाँस गरिएको हो । जग्गा अधिग्रहणको सूचना टाँसपछि स्थानीयबासीले जग्गा सटनीको माग गरेका छन् ।

