Friday, September 7, 2018
Home > अर्थ > सुकेटार विमानस्थलबाट साताको ५ दिन उडान हुने

सुकेटार विमानस्थलबाट साताको ५ दिन उडान हुने

b
ताप्लेजुङ । ताप्लेजुङको सुकेटार विमानस्थलबाट अब साताको ५ दिन उडान हुने भएको छ । फरक–फरक कम्पनीले काठमाडौंबाट सिधा उडान भर्ने भएसँगै पर्यटन व्यवसायी हर्सित भएका छन् ।
सुकेटार विमानस्थल कालोपत्रेका लागि काम गर्न दुई वर्ष अघि उडान बन्द गरिएपछि स्थलमार्गबाट मात्र पुग्न सकिने ताप्लेजुङमा विमानस्थल कालोपत्रेको काम सकिएसँगै नेपाल बायु सेवा निगमसहित तारा र गोमा एयरले पनि उडान सुरु गरेका हुन् ।
नेपाल बायु सेवा निगमले साताको तीन दिन आइतबार, बुधबार र बिहीबार, गोमा एयरले मंगलबार र शुक्रबार तथा तारा एयरले शुक्रबार उडान गर्दै आएका छन् । निजी विमान कम्पनीले काठमाडौं–सुकेटार उडानका लागि ९ हजार ५ सय रुपैयाँ भाडा लिँदै आएका छन् ।
नेपाल वायुसेवा निगमले भने छ हजार रुपैयाँमा उडान सुरु गरेको छ । सातामा ५ दिन उडान सुरु भएसँगै कञ्चनजंघा जाने पर्यटक र पाथीभरा जाने तिर्थयात्री र बिरामीका लागि सहज भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *