Friday, September 7, 2018
Home > राष्ट्रिय > सल्यानमा सात प्रदेशको विरुद्धमा प्रदर्शन, तीन जनाको नेताको पुत्ला जलाइयो

सल्यानमा सात प्रदेशको विरुद्धमा प्रदर्शन, तीन जनाको नेताको पुत्ला जलाइयो

सुर्खेत । सात प्रदेशको खाका सार्वजनिक भए लगत्तै एकीकृत राप्ती र सल्यानलाई पाँच प्रदेशमा राख्नुपर्ने माग गर्दै सल्यानमा आन्दोलन सुरु भएको छ ।
पछिल्लो बिभाजनमा सल्यानलाई राप्तीबाट अलग गरिएको भन्दै प्रदर्शन सुरु भएको हो ।

salnyan-jilla-final3
प्रदर्शनकारीले सल्यानलाई राप्तीबाट अलग गरेको र रुकुम टुक्राउन भूमिका खेलेको भन्दै एकीकृत माओवादी सभासद जनार्दन शर्मा, एमाले सभासद प्रकाश ज्वाला र कांग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्काको पुत्ला जलाएका छन् ।
आन्दोलनका कारण अहिले सल्यान सदरमुकाम ठप्प छ भने यातायात र बजार सञ्चालन हुन सकेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *