Friday, September 7, 2018
Home > पत्र-पत्रिका > सरु अभियानमा युवा संघ सिन्धुली

सरु अभियानमा युवा संघ सिन्धुली

सिन्धुली ३, फागुन – युवा संघ सिन्धुली यतिवेला सरु अर्थात सगठन निर्माण र रुपान्तरण अभियानमा लागेको छ । आजको सिन्धुली सौगात राष्ट्रिय दैनिकमा खवर छ ।

सरु अभियानकै क्रममा शनिबार ७ नं.इलाका भेला सम्पन्न् गरिएको युवा संघ सिन्धुलीले जनाएको छ । युवा संघ सात नं.इलाका अध्यक्ष चण्डेश्वर श्रेष्ठको अध्यक्षता तथा युवा संघ जिल्ला कार्यसमिति सिन्धुलीका अध्यक्ष संकर लुंगेलीको प्रमुख आतिथ्यतामा भएको भेलाले श्यामलाल श्रेष्ठको अध्यक्षतामा १६ सदस्यीय इलाका कमिटीको निर्माण गरेको छ । जस्मा उपाध्यक्ष जिवन लामिछाने, सचिब गोविन्द तोलाङ्गे, सह–सचिब दिपा तामाङ्ग रहेकी छन ।

त्यस्तै सनिबार नै कमलामाई नगरपालिका वडा नं.१ को वडाभेला सम्पनन् गरेको छ । युवा संघका नगर इन्चार्ज देवराज वाईवाको अध्यक्षता तथा संकर लुंगेलीको प्रमुख आतिथ्यतामा भएको भेलाले सन्तोष श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटीको निर्माण गरेको छ । जस्मा उपाध्यक्ष सोम थापामगर, सचिब सुजता देवकोटा, सह–सचिब अमिर मगर र कोषाध्यक्ष प्रसान्त देवकोटा रहेका छन ।

युवा संघ सिन्धुलीले सरु अभियान अन्र्तगत जिल्लाको नगर, गाउा तथा वडाहरुमा संगठन निर्माणको कामलाई तिब्रताका साथ अगाडि बढाउादै लगिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *