काठमाडौं । संविधानको प्रारम्भिक मस्यौदामाथि जनताहरुको राय सुझाव संकलन गर्न सभासदहरु नेपाली सेनाको हवाई साधनबाट विभिन्न जिल्लाहरुको निर्वाचन क्षेत्रमा पुगेका छन ।

प्रारम्भिक मस्यौदालाई आमजनतामाझ पुर्याई प्रतिक्रिया संकलनको लागि नेपाली सेनाले आफ्नो हवाई साधनहरुको प्रयोग गरी विभिन्न विकट जिल्लाहरुमा पुर्याउने कार्य नेपाली सेना गरिरहेको सेना जनाएको छ ।
शुक्रबार सेनाको सुपरपुमा र ए.एल.एच. हेलिकप्टरले भोजपुर, खोटाङ्ग, संखुवासभा, ओखलढुंगा, सोलुखुम्बु र ताप्लेजुङ्ग जिल्लाहरुमा २५ जना सभासदहरु पुर्याएको छ ।
नेपाली सेनाको ईक्युरेल हेलिकप्टरले मनाङ्ग र मुस्ताङ्ग जिल्लाहरुमा ६ जना सभासदहरु पुर्याएको र नेपाली सेनाको एम.आई.१७ हेलिकप्टरले बाग्लुङ्ग, गुल्मी, अर्घाखांची, दाङ्ग, रोल्पा र रुकुम जिल्लाहरुमा १७ जना सभासदहरु पुर्याएको छ ।
त्यसैगरी एम.आई.१७ हेलिकप्टरले दैलेख, जाजरकोट, हुम्ला, जुम्ला, कालिकोट, डोल्पा, मुगु, रोल्पा र रुकुम जिल्लामा ३७ जना सभासदज्यूहरु पुर्याएको छ भने सेनाको एम.आई.१ हेलिकप्टरले अछाम, डोटी, बैतडी, बझाङ्ग, दार्चुला र बाजुरा जिल्लामा २१ जना सभासदहरु पुर्याएको छ ।
