सप्तरी: कोशी टप्पु वन्य जन्तु आरक्षबाट निसकेको जङ्गली हात्ती बस्तीमा पसी आक्रमण गर्दा सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा एक जनाको मृत्यु भएको छ ।
घाइतेहरु मध्ये हनूमान नगर का २८ वर्षीय रोशन झा को मृत्यु भयेको पुष्टि भयेको छ् । उनि आजै बिहान ९ बजे हाती को आक्रमण मा परी सिकिस्त घाइते भई उपचारार्थ धराण लगिएको थियो । उनको उपचारको क्रममा धरानमा मृत्यु भएको झाका ठुलो बुवा ले बताएको छ ।
मङ्गलवार विहान करिब दश बजेको समयमा हनुमाननगरबजार क्षेत्रमा प्रवेश गरेको जङ्गली हात्तीले आक्रमण गरी सङ्गीत साह (बौना), रोशन झा, कालीचरण दास, नविना खातुन, सञ्जय साफी, ईर्साद अली र बसन्त मण्डल घाइते भएका थिए ।
स्रोत ः हरियोपाटी
