Friday, September 7, 2018
Home > राष्ट्रिय > सप्तरीमा भीषण आगलागी, १५ घर जलेर नष्ट

सप्तरीमा भीषण आगलागी, १५ घर जलेर नष्ट

सप्तरी। सप्तरीको दिघवा गाविसमा भीषण आगलागी हुँदा १५ घर जलेर नष्ट भएका छन् ।
a
सर्युग भगतको घरबाट अचानक सल्केको आगो तत्काल नियन्त्रण गर्न नसकिएपछि नजिकका अन्य घरसमेत जलेर नष्ट भएका हुन् ।

आगलागीबाट करिव ५० लाख रुपैयाँ बराबरको क्षति भएको सप्तरी प्रहरीले जनाएको छ ।

राजविराज नगरपालिकाबाट पुगेको बारुण यन्त्र, स्थानीयवासी, प्रहरी र सेनाको सहयोगमा ३ घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।

एक महिनायता सप्तरीका विभिन्न ठाउँमा भएको आगलागीमा १ सय ७ घर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *