Friday, September 7, 2018
Home > अर्थ > श्रीराम सुगर मिल्सले कृषकको ८७ करोड रुपैयाँ बक्यौता तिर्दै

श्रीराम सुगर मिल्सले कृषकको ८७ करोड रुपैयाँ बक्यौता तिर्दै

रौतहट । रौतहटको गरुडामा रहेको श्रीराम सुगर मिल्सले दुई वर्षदेखि बाँकी रहेको कृषकको रकम भुक्तानी गर्न थालेको छ । मिलले चिनी बेचेर बक्यौता भुक्तानी गरेको हो ।

तराईका जिल्लामा पाँच महिना लामो आमहडतालबाट उत्पादनमै असर परेको थियो । मिल्सले सूची प्रकाशित गरेरै पैसा तिर्न थालेको हो ।

आर्थिक वर्ष २०७०/७१ मा १५ र आर्थिक वर्ष ०७१/०७२ मा ७२ करोड रुपैयाँ गरी श्रीराम सुगर मिल्सले कृषकको ८७ करोड रुपैयाँ बक्यौता तिर्न बाँकी छ ।

यस वर्ष क्रसिङ सुरु गरेको मिल्सले उत्पादन भएको चिनी भन्डारण नै नगरी बिक्री गर्दै दृष्टिबन्धक, धितो राखेर पुरानो भुक्तानी गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *