Friday, September 7, 2018
Home > पत्र-पत्रिका > वीर अस्पतालका गुरुयोजना बन्दै, थन्कँदै

वीर अस्पतालका गुरुयोजना बन्दै, थन्कँदै

काठमाडौं । बहुतले र सुविधासम्पन्न भवन। पर्याप्त शय्या र पार्किङ। बिरामी र कुरुवाका लागि सहज संरचना। हरेक वर्ष मन्त्री र व्यवस्थापकले सबैभन्दा पुरानो केन्द्रीय अस्पताल वीरका चिकित्सक र कर्मचारीमाझ बाँडिरहने सपना हुन् यी।
Bir-Hospital
करिब ३० वर्षदेखि कम्तीमा प्रत्येक साउन १२ गते (वार्षिक उत्सव) यी विषय नबिराई उठ्छन्। तर, वर्ष फेरिँदै जान्छ, गुनासा र प्रतिबद्धता यथावत रहन्छन्।
१ सय २६ वर्ष पुरानो सरकारी अस्पतालसँग जोडिएको ‘वीर कम्प्लेक्स’ को सपना पूरा गर्ने नाममा मात्र ३० वर्षमा करिब ५ भन्दा बढी गुरुयोजना बनिसकेका छन्। गुरुयोजना निर्माणमा मात्रै लाखौं सकिएको छ, तर वीरको अवस्था जहाँको त्यहीँ छ।
मंगलबार १२६ औं वार्षिक उत्सव समारोहमा पनि वीरका पदाधिकारीले उस्तै गुनासा र मन्त्री खगराज अधिकारीले उस्तै प्रतिबद्धता दोहोर्यागए। तर, कम्तीमा आगामी आर्थिक वर्षमै पछिल्लो गुरुयोजनाअनुसार काम हुनेमा यकिन आधार यसपटक पनि भेटिएको छैन।
सुविधासम्पन्न भवन, अत्याधुनिक सुविधासहितको बहुविशेषज्ञ केन्द्रीय अस्पतालका रूपमा स्वास्थ्य मन्त्रालयको नेतृत्व, प्रतिष्ठान र अस्पतालका पदाधिकारीपिच्छे गुरुयोजना बने पनि सपना पूरा गर्न नसकिएको प्रतिष्ठानका पूर्वरजिस्ट्रार डा.मुकुन्दराज पन्थीले बताएको नागरिकमा खबर छ ।
२०४८ सालमा ४ सय ८५ शऒ्ढया स्वीकृत भए पनि भूकम्पअघिसम्म ४ सय ६० वटा सञ्चालनमा थियो। भूकम्पका कारण ट्रमामा सर्नुपर्दा ७५ सिट अझै घटेको छ। क्यान्सर, मिर्गौला प्रत्यारोपण विभागसहित विभिन्न वार्ड रहेको पुरानो भवन भूकम्पका कारण भत्किएपछि ट्रमा सेन्टरमा सारिएको छ। ‘कुरा हुन्छ, योजना पनि बन्छ, तर नेतृत्वमा लगनशीलता र यो चाहिन्छ भन्ने भावना अन्तर्आत्माबाट आएकै देखिन्न,’ डा.पन्थीले भने।
पन्थीको अनुभवमै यो अवधिमा पदाधिकारीपिच्छे कुनै न कुनै रूपमा वीर सुधारका नाममा योजना बनेका छन्। ‘मैले नै कम्तीमा पाँचवटा गुरुयोजनाको रिपोर्ट भेटेको थिएँ,’ उनले भने, ‘गुरुयोजना मात्रै बने काम भएन।’ गत वर्षको गुरुयोजना बनाउन मात्रै १६ लाखको टेन्डर भएको थियो, त्यसअघिका गुरुयोजनामा कति खर्च भयो रेकर्डै छैन।
पहिलोपटक सन् १९८५ मा वीरको ओपिडी भवन भत्काएर नयाँ भवन बनाउने प्रस्ताव तयार पारिएको थियो। करिब ७५ वर्षअगाडि अमेरिकी सहयोग नियोग (युएसएआइडी) ले बनाइदिएको सो भवनमा तीन वर्षअघि नै भत्काउनुपर्ने सुझाव प्राविधिक टोलीको थियो। तर, यतिका वर्षसम्म सो भवन नै वीरको अन्तरंग र विभिन्न विभागको भरोसा बनिरह्यो।
पछिल्लोपटक भूकम्पका कारण भवनमा क्षति पुगेपछि पनि सोही भवन मर्मत गरेरै चलाउने तयारी हुँदैछ। नयाँ आइसियु राखिएको भवन भएको स्थानमा समेत नयाँ ६ तले भवनका लागि नयाँ योजना र भवनको नक्सासमेत बनिससकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *