Saturday, September 1, 2018
Home > राष्ट्रिय > वीरगञ्जका व्यापारी करोडौँ रुपैयाँ लिएर परिवारसहित फरार

वीरगञ्जका व्यापारी करोडौँ रुपैयाँ लिएर परिवारसहित फरार

वीरगञ्ज । बैंक तथा व्यापारीहरुको करोडौँ रुपैयाँ लिएर फरार भएका वीरगञ्ज घण्टाघरका व्यापारी मुकेश शाह तेली फरार बनेका छन्।

मीनाबजार छेउमा रहेको नेपाल टेलिकम कार्यालयको पूर्वतर्फ शम्भु केशरीको घरमा किराना सामानको थोक पसल सञ्चालन गर्दै आएका मुकेश गत जेठ २० गतेदेखि बैंक तथा व्यापारीको करोडौँ रुपैयाँ लिएर परिवारसहित फरार भएका हुन् ।

हाल उनकाे खोजीलार्इ व्यापक बनाइएको प्रहरीले जनाएको छ ।

मुकेशले वीरगञ्जको ग्लोवल आइएमई बैंकको एक करोड ३० लाख रूपैयाँ र अन्य थुप्रै व्यापारीको ३ करोड रूपैयाँ गरी जम्मा ४ करोड रुपैयाँ लिएर फरार भएको पर्सा प्रहरीले जनाएको छ ।

ग्लोवल आइएमई बैंकले मुकेशले सञ्चालन गरेको पसलको सटर तथा निजको घरमा सिलबन्दी गरी सेक्युरिटी गार्ड खटाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *