Friday, September 7, 2018
Home > राष्ट्रिय > विशाल चट्टानमा दैविशक्तिमा प्रतिकहरु देखिन थाले, संरक्षण सुरु

विशाल चट्टानमा दैविशक्तिमा प्रतिकहरु देखिन थाले, संरक्षण सुरु

म्याग्दी। म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरमा रहेको विशाल चट्टानमा दैविशक्तिमा प्रतिकहरु देखिन थालेपछि संरक्षणको पहल सुरु भएको छ ।

मन्दिर परिसमा ९ रोपनी क्षेत्रफलमा फैलिएको विशाल चट्टानको संरक्षण सुरु गरिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्धबहादुर केसीले बताउनुभयो । भक्तजनहरुले पनि त्यहाँ गएर पूजाआजा गर्न थालेका छन् ।

मन्दिरका पुजारीका अनुसार चट्टान विभिन्न चक्रहरु देखिने गरेका छन् । त्यस्ता चक्र दिनदिनै बढ्दै जान थालेपछि अवलोकन गर्न आउने समेत अचम्मित हुने गरेका छन् ।

त्यसक्षेत्रमा करिव ३० भन्दा बढी यस्ता चक्र रहेको अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *