Friday, September 7, 2018
Home > स्थानीय > विरोध प्रदर्शन

विरोध प्रदर्शन

महोत्तरी। १६ बुँदे सम्झौताको विरोध गर्दै महोत्तरीको जलेश्वरमा मंगलबार तीन मधेशी दलहरुले विरोध प्रदर्शन गरेका छन् ।
१६ बुँदे सहित चार दलले ल्याएको संविधानको मस्यौदाको समेत विरोध गर्दै मधेशी जन अधिकार फोरम नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी र सदभावना पार्टीले प्रदर्शन गरेका छन् ।
तीनवटै पार्टीका करीब एक सय नेता कार्यकर्ताहरुले जलेश्वरको दुर्गाबाट निकालेको विरोध प्रदर्शन जलेश्वरको विभिन्न भागको परिक्रमा गरेर सम्पन्न भएको थियो ।
विरोध प्रदर्शनको क्रममा नेता कार्यकर्ताहरुले १६ बुँदे सम्झौता धोका हो, संविधानको मस्यौदा अधुरा हो, मधेशी एकता जिन्दाबाद लगायतका नाराहरु पनि लगाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *