Monday, September 3, 2018
Home > अर्थ > विराटनगर भन्सारका एजेन्टहरु आन्दोलित, भन्सार कार्यालयको काम प्रभावित

विराटनगर भन्सारका एजेन्टहरु आन्दोलित, भन्सार कार्यालयको काम प्रभावित

विराटनगर । विराटनगरका भन्सार एजेन्टहरुले पेनडाउन गर्दै आन्दोलनमा उत्रिएपछि भन्सार कार्यालयको काम प्रभावित भएको छ ।
bhansar
भन्सार एजेन्ट सङ्घ विराटनगरका अध्यक्ष विजेन्द्र परासरका अनुसार भन्सार जाँचपास भएर पठाइएका सामान चेकजाँचमा प्रहरीले दुःख दिएको भन्दै एजेन्टले आन्दोलन सुरु गरेका हुन् । अध्यक्ष परासरले भने, ‘प्रहरीले अनाहकमा दुःख दिएको छ, त्यसैले आन्दोलनमा उत्रिएका हौँ ।’
भन्सार एजेन्टहरुको आन्दोलनका कारण भन्सारको काम कारबाही दुई दिनदेखि प्रभावित बनेको छ ।
भारतबाट आएका र भारततर्फ जाने मालबाहक सवारी साधनको जाँचपासका सबै काम कारबाही ठप्प रहेको भन्सार प्रमुख कृष्ण बस्नेतले बताए ।
प्रज्ञापनपत्रमा उल्लेख भएभन्दा बढी परिणामको सामानको जाँचपास गरेर त्यहीअनुरुप कागजात मिलाउँदै बढी परिणामको सामान पठाउने धन्दा सुरु गरेपछि प्रहरीले कडाइ गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्दीप भण्डारीले कुनै पनि गैरकानुनी काममा सम्झौता गर्न नसकिने बताए । उनले भने, ‘गैरकानुनी कामलाई प्रोटेक्सन हुँदैन ।’
आन्दोलनका नाममा सिधै तस्करी गर्न पाउनुपर्‍यो भन्ने भन्सार एजेन्टको आशय रहेको स्थानीयवासीको भनाइ छ । त्यसरी कम परिणामको जाँचपास गरेर बढी परिणामको सामान पठाउन पाइँदैन ।
बढी परिणामको सामान कटाउन थालेसँगै प्रहरीले मालबाहक सवारी साधन धमाधम नियन्त्रणमा लिँदै कारबाही अघि बढाउन थालेपछि एजेन्टहरु विरोधमा उत्रिएका हुन् । एजेन्ट सङ्घको आन्दोलनले बुधबार रु तीन करोड राजस्व असुली प्रभावित भएको विराटनगर भन्सार कार्यालयका प्रमुख कृष्ण बस्नेतले जानकारी दिए । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *