Friday, September 7, 2018
Home > राष्ट्रिय > विप्लव माओवादीद्वारा विभिन्न जिल्ला बन्द

विप्लव माओवादीद्वारा विभिन्न जिल्ला बन्द

a

झापा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको बन्दका कारण आज विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ ।

आफ्ना कार्यकर्ताविरुद्ध लगाइएको झुठा मुद्दा खारेजी गर्नुपर्ने माग गर्दै विप्लव नेतृत्वको माओवादीले मेची अञ्चलका सबै जिल्लालगायत चितवन र धादिङ बन्द आह्वान गरेको हो ।

बन्दका कारण मेची अञ्चलका पाँचथर, ताप्लेजुङ, इलाम र झापामा सवारी साधन सञ्चालनमा आउन सकेका छैनन् भने बजार पनि सुनसान छ ।

केही महिना अघि झापाको गुट्का उद्योगमा आगो लगाएको आरोपमा पार्टीका झापा जिल्ला सेक्रेटरी बाबुराम राई, सदस्यहरु चमनलाल माझी, पुष्प अधिकारी र नविन अधिकारीलाई प्रहरीले पक्राउ गरी मुद्दा दायर गरेको थियो । उनीहरु अहिले पनि जेलमा छन् ।

बन्दका कारण विहानैदेखि बजार र शैक्षिक संस्था ठप्पजस्तै भएका छन् । माओवादीले झापा, जुम्ला र धादिङ जिल्लामा पक्राउ गरिएका नेता र कार्यकर्तालाई विना शर्त रिहाइको माग गर्दै बन्द आह्वान गरेको हो ।

Source : imagekhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *