दुवै पक्षबीच झडप भएपछि स्थानीय प्रशासनले सोमबारदेखि गुलरियाको लालपुरमा लगाएको कर्फ्यु मंगलबार पनि निरन्तर छ ।
गुलरिया—११ लालपुरमा दुर्गा मुर्ति र ताजिया सेलाउने विषयलाई लिएर विवादपछि भएको झडपमा सात जना स्थानीय र दुई प्रहरी घाइते थिए । मंगलबार बस्ने सुरक्षा समितिको बैठकले कर्फ्यु हटाउने/निरन्तरता दिने निर्णय गर्ने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
स्थिति अप्रिय नहोस् भन्दै भारतले पनि बर्दियासँग जोडिएको सीमा क्षेत्र सील गरेको छ ।
स्थानीयले प्रशासनको व्यवस्थापनको कमजोरीका कारण यस्तो अवस्था आएको बताए । घटनामा एक घुम्ती पसल र एक घरमा आगजनी भएको छ । गुलरिया—नेपालगन्ज सडक खण्ड अन्तर्गत पर्ने लालपुरमा प्रहरीले सवारी साधन स्कटिङ्ग गरि भादा पुल र गणेशपुर सम्म पुर्याउने गरेको छ ।
