Friday, September 7, 2018
Home > राष्ट्रिय > लाङटाङमा बेपत्ता भएकामध्ये १७ जनाको कंकाल देखियो

लाङटाङमा बेपत्ता भएकामध्ये १७ जनाको कंकाल देखियो

रसुवा । गत वैशाख १२ गते गएको भूकम्प र त्यसपछिका पराकम्पनका कारण गएको हिमपहिरोले रसुवाको लाङटाङमा बेपत्ता भएकाहरुको शव फेला पर्नेक्रम अझै जारी छ ।
kankal-final-fial
तर, फेला परेका कंकाल मृतकका आफन्तसम्म पुर्‍याउन कठीनाइ भएको छ । प्रतिकूल मौसमका कारण हेलिकप्टर उडान गर्न नसक्दा कंकाल देखिए पनि संकलनमा कठीनाइ भएको रसुवाका प्रहरी नायब उपरीक्षक प्रवीण पोख्रेलले बताए ।

भूकम्प र त्यसपछिका पराकम्पनका कारण रसुवाको लाङटाङमा गएको हिमपहिरोले बेपत्ता हुनेमध्ये अहिले १७ ओटा मानवकंकाल पहिरोमा देखिएका छन् । पहिले खोजी गर्दा नभेटिएका शव हिउँ पग्लिएसँगै अहिले यत्रतत्र देखिएको स्थानीयबासिन्दाले जानकारी दिएको पोख्रेलले बताए ।

मौसममा सुधार आएमा डीएनए परीक्षण गरी कंकाल मृतकका आफन्तलाई बुझाउन सकिने उनको भनाइ छ । रसुवामा भूकम्पपछि आएको हिमपहिरो र सुख्खा पहिरोबाट १ सय ३४ जना हराइरहेका छन् ।

त्यसमध्ये १ सय ५ जना लाङटाङ क्षेत्रमा मात्र हराएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *