सिन्धुली २० फागुन– विगत चार दिनदेखि लगातार परेको पानीले बढाएको चिसोसागै सिन्धुलीमा बिरामी बढेका छन । जिल्ला अस्पताल सिन्धुलीमा उपचार गराउन आउने बिरामीको संख्या बर्षासाग दिनहुा बढ्दै गएको छ ।
रुघाखोकी, ज्वरो, झाडापखाला, जस्ता बिरामी उपचारका लागि अस्पतालमा आउने गरेको अस्पतालले जनाएको छ ।
अस्पतालका डाक्टर सिताराम पराजुलीका अनुसार विगत हप्ताको तुलनामा बिरामी बढ्दै गएको पाइएको छ । अस्पतालमा उपचार गर्न आउनेहरुमा अधिकांश बालबालिका र वृद्धवृद्धा रहेको र स्वाइन फ्लुको त्राससागै मान्छेहरु आफ्नो स्वास्थ्य जााच गर्न अस्पताल आएको डाक्टर पराजुलीले बताए ।
मौसममा आएको परिवर्तले मानिसहरुको स्वास्थ्यमा पनि समस्या आएको बर्षा रोकिएपछि अस्पतालमा आउने विरामीको संख्या अझ बढ्ने डाक्टर पराजुली बताउछन ।
जिल्ला अस्पतालमा २५ शैया क्षमता रहेको छ । अस्पतालमा जटिल प्रकृतिका रोगको उपचार नहुादा बिरामीहरु भने मर्कामा पर्ने गरेका छन । विगत ३ महिना देखी प्रसुति सेवा सम्बन्धी शल्यक्रिया गर्न माशिक लाखौंको खर्च गरेर डाक्टरको व्यवस्था गरिएको भएपनि जिल्ला स्वास्थ्य कार्यालयको लापरवाहिका कारण अप्रेशन सेवाका लागी आवश्यक सामाग्रीहरुको व्यवस्था अझै सम्म गरिएको छैन ।
