काठमाडौं । रुसमा सेनाको चार तले ब्यारेकको एक भाग खस्दा २३ जना सैनिकको मृत्यु भएको छ ।

सर्वियन सहर ओम्स्क् नजिकको क्षेत्रमा भएको घटनामा १९ जना सैनिकलाई भने जीवितै उद्धार गरिएको छ । घाइतेहरुलाई उपचारका लागि राजधानी मस्को लगिएको छ ।
सैनिकहरु सुत्ने तरखरमा रहेको बेला भएको घटनामा अरु पाँचजना हराइरहेका छन् । उक्त ब्यारेकमा ३ सयभन्दा बढी सैनिक ट्रेनिङका लागि रहेका थिए । भत्किएको ब्यारेकको भवन गत वर्ष मात्र ममर्त गरिएको थियो ।
गुणस्तरहीन कार्यका कारण भवन भत्किएको आशंका गरिएको छ । घटनाबारे अुनसन्धान सुरु गरिएको छ । (एजेन्सी)
