Friday, September 7, 2018
Home > राष्ट्रिय > मौसमविद भन्छन्-आइतबार पनि भारी वर्षा

मौसमविद भन्छन्-आइतबार पनि भारी वर्षा

काठमाडौं । आइतबार पनि भारी वर्षा हुने मौसमविदले बताएका छन् । शुक्रबारदेखि पानी पर्ने क्रम जारी रहेकाले देशका अधिकांश जिल्ला डुबानमा परेका छन् ।

मौसमविद सुवास रिमालले आइतबार पनि पानी पर्ने क्रम जारी रहने बताए । ‘मनसुनी वषर्ाको गतिविधि देशभर नै सक्रिय भइरहेको छ । आइतबार पनि भारी वर्षा हुने सम्भावना देखिन्छ ।’

मनसूनी न्यून चापीय रेखा अहिले नेपालको पहाडी क्षेत्र नजिकै रहेको र न्यून चापीय प्रणाली मध्य तथा आसपासको भागहरुमा बिद्यमान रहेकाले नेपालमा मनसुनी गतिबिधि सक्रिय अवस्थामा छ । यसकै प्रभावले गर्दा देशका अधिकांश स्थानहरुमा वर्षा भइरहेको छ ।

बाढीमा परेर ३० जनाको मृत्यु भइसकेको गृहमन्त्रालयले जनाएको छ ।

यसअघि जल तथा मौसम विज्ञान बिभागको बाढी पूर्वानुमान शाखाले नदी तथा खोलाहरुको जलस्तर बढिरहेकाले सतर्क रहन अपिल जारी गरेको छ ।

कनकाइ, सप्तकोशी, माडी, नारायणी, बबई, पश्चिम राप्ती लगायतका नदीहरुमा पानीको सतह बढेर खतराको संकेत पार गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *