काठमाडौं, २५ पुस – मुलुकको पछिल्लो राजनीतिक विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको केन्द्रीय कार्यसमितिमा छलफल सुरु गरेको छ ।
पार्टी कार्यालय धुम्बाराहीमा आजदेखि सुरु भएको बैठकमा पार्टी अध्यक्ष कमल थापाले राजनीतिक कार्यपत्र प्रस्तुत गर्नुभएको पार्टीका सहायक महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिए।
संविधान निर्माणको प्रक्रियामा अहिले संविधान जारी हुने अन्तिम समयमा ठूला दलका बीचमा देखिएको विवाद तथा संविधान जारी हुँदा पार्टीका कार्यसूचीलाई सुनिश्चित गर्ने सम्बन्धमा कार्यपत्रमा उल्लेख गरिएको छ ।
बैठकमा वर्तमान अवस्थामा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा गर्दै आगामी दिनमा पार्टीले खेल्ने भूमिकालाई सशक्त बनाउनेबारेमा छलफल गरिने बताइएको छ ।
