महोत्तरी । सर्लाही जिल्लाको लालबन्दीमा एक कार्यक्रमबीच महोत्तरी र धनुषाका तीन जना संचारकर्मीहरु सम्मानित भएका छन् ।
सर्लाही जिल्लाबाट प्रकाशित हुने ‘अवसर साप्ताहिक’ पत्रिकाको १३ औं वार्षिकोत्सवमा आयोजित सम्मान कार्यक्रममा महोत्तरीका पत्रकार कमलेश मण्डल र धनुषाका पत्रकाहरु शैलेन्द्र झा र गणेश खरेल सम्मानित हुनु भएको छ ।
तीनै जना पत्रकारहरुले संचार जगतका लागि महोत्तरी र धनुषाबाट उल्लेखनिय भूमिका खेल्नुभएको तथा अझै पनि संचारक्षेत्रमा महत्वपूर्ण योगदान दिइरहेका कुरालाई मध्यनजर गर्दै अवसर साप्ताहिकका प्रकाशक सम्पादक रोहित पौडेलले उहाँहरुलाई सम्मानित गर्नुभएको छ ।
सो अवसरमा तीनजना पत्रकारहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य एवं मध्यमाञ्चल क्षेत्रिय संयोजक शितल प्रसाद महतोले दोसल्ला र प्रमाणपत्र प्रदान गर्दै सम्मानित गर्नुभएकोृ थियो ।
सो अवसरमा महोत्तरी र धनुषा सहित सर्लाही, सिन्धुलीका पनि पत्रकाहरु सम्मानित भएका थिए भने सर्लाही जिल्लाका अन्य व्यक्तित्वहरु पनि सम्मानित भएका थिए ।
अवसर साप्ताहिक पत्रिकाको सम्मान कार्यक्रम सो पत्रिकाका प्रकाशक सम्पादक रोहित पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।
