बर्दिबास : महोत्तरीमा बस पल्टिदा एक गर्भवतीसहित १८ जना घाइते भएका छन्। भ्रमरपुराबाट जनकपुर जादै गरेको ना २ ख १५० नं. को बस रतौैली स्थित सडक मा शनिबार दिउँसो पल्टिएको हो।
घाइतेहरुको जानकी हेल्थ केयर जनकपुरमा उपचार भइरहेको । घाइते मध्ये नाम र ठेगाना नखुलेका ७० वर्षीया वृद्धाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी राजकुमार लम्सालले बताए।
बसको चालक र सहचालक भने दुर्घटना हुनासाथ फरार भएका छन्। घाइतेमा १३ जना महिला, ३ जना पुरुष, तीन वर्षीया बालिका र १० वर्षीय एक बालक रहेको प्रहरीले जनाएको छ।
