Friday, September 7, 2018
Home > राष्ट्रिय > मतदान अधिकृत राजपाको नियन्त्रणमा, तालिम स्थलमा धर्ना

मतदान अधिकृत राजपाको नियन्त्रणमा, तालिम स्थलमा धर्ना

सप्तरी । आन्दोलनरत राष्ट्रिय जनता पार्टीका कार्यकर्ताहरुले निर्वाचन अधिकृतहरुको तालिमस्थल घेराउ गरेका छन् । साथै त्यहाँ पुगेका मतदान अधिकृतहरुलाई नियन्त्रणमा लिएर बलपूर्वक धर्नास्थलमा राखेका छन् ।

निर्वाचन आयोगले निर्वाचन अधिकृतहरुका लागि महेन्द्र विन्देश्वरी क्याम्पसमा तालिम राखेको थियो । तर, सुरु हुनु अगाडि नै राजपाका कार्यकर्ताले क्याम्पस घेराउ गर्दै धर्ना दिएका छन् ।

राजपाका कार्यकर्ताले तालिममा सहभागी हुन आएका निर्वाचन तथा मतदान अधिकृतहरुलाई नियन्त्रणमा लिएर धर्नामा बसालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *