Friday, September 7, 2018
Home > राष्ट्रिय > भेडा वर्षको स्वागत गरेर सोनाम ल्होछार मनाइँदै

भेडा वर्षको स्वागत गरेर सोनाम ल्होछार मनाइँदै

काठमाडौं ,७ माघ– घोडा बर्षको विदाई र भेडा बर्षको स्वागत गर्दै तामाङ समुदायले २८ सय ५१ औं सोनाम ल्होछार विविध कार्यक्रम गरी मनाउँदैछन् ।

ल्हुक ल्होछार मुल संयोजन समितिले ‘२८ सय ५१ औं ल्हुक ल्होछार तामाङ एकताको पर्वको रुपमा मनाऔं, पूर्ण अधिकारसहितको अखण्डित ताम्सालिङ स्थापना गरौं’ भन्ने नाराकासाथ काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरेको छ ।

समारोह अघि काठमाडौंका बिभिन्न स्थानबाट सांस्कृतिक झाँकी सहितको र्‍याली निकालिने छ ।
नेपाल तामाङ घेदुङको संयोजनमा १ सय २२ वटा भन्दा बढि तामाङ संघसंस्थाहरु जम्मा भएर ल्होछार मनाउन लागेको नेपाल तामाङ घेदुङका महासचिव कुमार ब्लोनले जानकारी दिए ।

ल्होछारमा शुभकामना आदान प्रदान, मान्यजनबाट टीका तथा आशिर्वाद ग्रहण र बिभिन्न परिकार बनाएर खाने चलन छ । ल्होछारको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा राजनैतिक दलका नेताहरुले तामाङ समुदायमा सुख, शान्ति र समृद्धिको शुभकामना दिएका छन् ।

चीन, भियतनाम, ताइवान, भुटान लगायतका देशहरुमा पनि भेडा बर्षको स्वागत गर्दै आजकै दिन नयाँ वर्ष मनाउने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *