२०७३ लगातारको बर्षाले भारतको महाराष्ट्रस्थित मुम्बई–गोवा राजमार्गमा पुल भत्किदा दुईवटा यात्रु बस बगाएको छ । सावित्री नदीको पुल भत्किदा बस र त्यसमा सवार यात्रुका साथै अन्य केही सवारी साधन समेत बगाएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उद्धारकार्यका लागि टोली परिचालन गरिए पनि यात्रुहरुको अवस्था भने अझै अज्ञात छ । बगाएका बस मध्ये एउटामा सवार २२ यात्रु हराइरहेको प्रारम्भिक अनुमान रहेपनि अन्य सवारीसाधनमा सवार यात्रुको संख्या यकिन हुन सकेको छैन । हराएकाको खोजी भई रहेको रायगढ जिल्लाका स्थानीय बिकाश प्रमुख शीतल हगलाई उद्यृत गर्दर्ै बीबीसीले जनाएको छ ।

