काठमाडौं । ब्राजिलमा ‘जिका’ भाइरसको जोखिमबारे सचेत गराउन सेना परिचालन गरिएको छ ।

२ लाख २० हजारभन्दा बढी सेनाले लामखुट्टेबाट सर्ने जिका भाइरसबारे ४० लाख पर्चा बाँड्ने छन् ।
ब्राजिलमा ४ सय ६२ जना व्यक्तिमा जिका भाइरसको संक्रमण पुष्टि भएको छ भने ३ हजार ८ सय ५२ जिका भाइरसका ‘केश’ अनुसन्धान भइरहेको छ ।
आलोचकहरुले भने सेना परिचालनबाट लामखुट्टेको संख्या घटाउन सहयोग नपुर्याउने र जिकाको फैलावट पनि रोक्न नसकिने भन्दै आलोचना गरेका छन् ।
ब्राजिल जिका भाइरसबाट सबैभन्दा बढी प्रभावित मुलुक हो । विश्वमा जिका भाइरसको संक्रमण व्यापक बन्दै गएपछि विश्व स्वास्थ्य आपत्काल घोषणा गरेको छ । (एजेन्सी)
