Friday, September 7, 2018
Home > राष्ट्रिय > बैद्यले भने-‘प्रचण्डसँग समानान्तर सरकार गठनको साहस छैन’

बैद्यले भने-‘प्रचण्डसँग समानान्तर सरकार गठनको साहस छैन’

काठमाडौ,१ फाल्गुन – नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्यले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग समानान्तर सरकार गठन गर्ने साहस नभएको बताएका छन् ।

‘हिम्मत भए गठन गरेर देखाउनुहोस,’ बैद्यले भने-‘तर, प्रचण्डजीसँग त्यो हिम्मत र साहस छैन ।’ ‘जनयुद्ध’ दिवसको २० औं वर्षको अवसरमा बसन्तपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले दाहालसँग युवा सेना गठन गर्ने क्षमता पनि नरहेको बताए । ‘युवाका सेना बनाएर देखाउन पनि म प्रचण्डजीलाई आग्रह गर्छु’ उनले भने । विहीबार दाहालले १० देखि १५ लाखको युवा परिचालन गरी समानान्तर सरकार बनाउने चेतावनी दिएकोप्रति बैद्यले त्यस्तो अभिव्यक्ति दिएका हुन् ।

काँग्रेस र एमालेलाई सत्ताको मात लागेको भन्दै उनले दुबै दल तानाशाही भएको आरोप लगाए । कार्यक्रममा नेकपा-माओवादीले एकमहिने मेची-महाकाली अभियानको पनि उद्घाटन गरेको छ । त्यसैगरी केही महिना अघि बैद्य नेतृत्वको माओवादीबाट छुटि्टएको नेत्रबिक्रम चन्द नेतृत्वको माओवादीले जमलस्थित राष्ट्रिय नाचघरमा ‘जनयुद्ध’ दिवस मनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *