Friday, September 7, 2018
Home > राष्ट्रिय > बीबीसीको छायांकनपछि सिरहाको डोम परिवारमा तनाव

बीबीसीको छायांकनपछि सिरहाको डोम परिवारमा तनाव

स्थानीयले डोमका छोरी-बुहारीलाई पिटेको गुनासो
काठमाडौं । सिरहाको धनगढी गाविसस्थित नैनपुर गाउँमा बस्ने डोम परिवारलाई स्थानीय महिलाहरुले कुटपिट एवं दुर्व्यवहार गरेका छन् । गत शनिबार अभिनेता राजेश हमाललाई ल्याएर आफूहरुको बदनामी गराएको भन्दै कुटपिट गरेको पीडितको भनाइ छ ।
सोमबार विहान ९ बजेतिर आएका एक हुल महिलाहरु पुलकित मलिककी श्रीमती र बुहारीमाथि जाइलागेको उनीहरुको आरोप छ । मञ्जुदेवी सदा र चन्दर सदा लगायतको समूहले आफूहरुलाई लछार पछार गरेको, कपाल जगल्ट्याएको र कपडा च्यातिदिएको पीडितले प्रहरीलाई बताएका छन् ।
स्थानीय इनारमा पानी भर्नसमेत नदिएकाले २-३ किलोमिटर टाढाबाट पानी ओसार्न बाध्य भएको पीडितले बताएका छन् । प्रहरीको एक टोली घटनास्थल पुगेको छ ।
गत शनिबार बीबीसीको साझा सवाल कार्यक्रमको छायांकन गर्ने क्रममा गाउँमा तनाब भएको थियो । डोम परिवारमाथि भएको छुवाछुतको विषयलाई उजागर गर्न आएको बीबीसीको टोलीलाई गाउँवासी उर्लेर बिरोध जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *