Friday, September 7, 2018
Home > राजनीति > बिभेद अन्तका लागि आन्दोलन गर्नै पर्नेः डा. भट्टराई

बिभेद अन्तका लागि आन्दोलन गर्नै पर्नेः डा. भट्टराई

1

जनकपुरधाम ।एकिकृत नेकपा माओबादीका केन्द्रिय वरिष्ठ नेता डा. बाबुराम भट्टराईले बर्षौ देखि नेपालमा जातिय, वर्गिय, क्षेत्रीय, लैङगीक तथा दलितहरु प्रति विभेद कायम रहेकाले यसका विरुद्धमा आफुहरु लागेको बताउनु भएको छ । शहिद अजब लाल यादवको १३ औँ स्मृति दिवसको अवसरमा आयोजित एक दिवसीय विचार गोष्ठीलाई सोमबार जनकपुरमा सम्बोधन गर्दै उहाँले विगतमा भएको सम्झौताको आधारमा संघिय लोकतान्त्रिक गणतंत्रात्मक हुने सहमती भएप्नि अहिले संबिधान सभामा काँग्रेस एमाले सहितका पुराना शक्ति हावी भई पुरानै संबिधानलाई केहि परिमार्जन गरी लागु गर्ने षडयन्त्रमा लागेको आरोप लगाउनु भयो ।
अहिले दुई वटा विकल्प रहेको बताउदै उहाँले विगतमा प्राप्त गरेको उपलब्धीहरुलाई संबिधान सभाबाट संस्थागत गर्न आन्दोलन गर्ने वा आत्म समर्पण गर्ने बाहेक कुनै विकल्प नरहेका बताउदै माओबादी, मधेशबादी र जनजाती शंक्तिले एक पटक फेरी संघर्षमा जानु पर्ने आवश्यक रहेको औल्याउनु भयो ।
उक्त कार्यक्रममा नेकपा माओबादीका अध्यक्ष मातृका यादव, एककृत नेकपा माओबादीका केन्द्रिय सदस्य रामचन्द्र मंडल, शहिद अजब लाल यादवका पत्नी शिला यादव लगायतका पार्टीका नेताहरुले मन्तव्य राख्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *