Monday, September 3, 2018
Home > राजनीति > ‘बहुमतबाट भएपनि माघ–८ मा संविधान’

‘बहुमतबाट भएपनि माघ–८ मा संविधान’

225image8प्यूठान, २५ पुस – नेकपा एमालेका उपाध्यक्ष तथा उपप्रधान एवम् गृहमन्त्री बामदेव गौतमले माघ–८ भित्र संविधान जारी हुने दावी गरेका छन् । माघ–८ आउन दुई साता मात्र बाँकी रहेको र दलहरुबीच सहमति समेत हुन नसकिरहेको बेला गौतमले उक्त दावी गरेका हुन् ।

प्यूठान नगरपालिकाको दोश्रो नगर परिषद्को उद्घाटन सत्रमा बोल्दै गौतमले अन्तिम समयमसम्म सहमतिको प्रयास गरिने र नभए दुई तिहाइ बहुमतका आधारमा संविधान जारी हुने बताए । उनले सर्वसम्मतिबाट संविधान जारी हुन सक्ने वातावरण नरहेकाले विश्वभरिको प्रचलन अनुसार बहुमतिय प्रक्रियाबाट संविधान जारी गरिने जनाए । एमाओवादीलाई लक्षित गर्दै उनले भने–‘संविधानसभा जन्माएको दावी गर्ने दल संविधानसभाबाट संविधान जारी गर्दा भाग्ने छैनन् ।’

उनले विपक्षीहरु संविधानसभा र सडकबाट आन्दोलन चर्काउने भनिरहेपनि सदन र सडक कतैपनि रगत बग्ने वातावरण सृजना नहुने बताए । संविधानसभा बाहिरका शक्ति र संविधान ल्याउनमा रोक लगाउनेहरु भए मुुलुकको सुरक्षा अवस्था मजबुत बनाइएको जानकारी दिए ।

उनले संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले पाएको समय सीमा भित्र प्रतिवेदन पेस गर्ने र त्यसपछि संविधानसभा बैठकले मस्यौदा लेखन समितिलाई मस्यौदा लेख्ने जिम्मेवारी दिने जनाए । संविधानसभा बाहिरका शक्ति र संविधान ल्याउनमा रोक लगाउनेहरु भए मुुलुकको सुरक्षा अवस्था मजबुत बनाइएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *