Friday, September 7, 2018
Home > राष्ट्रिय > बल्ल भेटिन् हिमानीले पारसलाई

बल्ल भेटिन् हिमानीले पारसलाई

काठमाडौं । पूर्वयुवराज पारस शाहको मुटुमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ ।
अस्पताल भर्ना गरिएपछि उनकी पत्नी हिमानी शाह पारसलाई भेट्न अस्पताल पुगेको नेपाल समाचारपत्रमा खबर छ । थाइल्यान्डबाट नेपाल आइसकेपछि पारस र हिमानीबीच भेटघाट भएको थिएन ।
Nepali-Prince-Parash
जीव्नकुञ्जमा रहेका पारस नियमित उपचार गराइरहेका थिए । तीन दिन अघि उनका चिकित्सकले पेस मेकर राख्न सुझाव दिएपछि पारसलाई अस्पताल भर्ना गरिएको हो ।
पेस मेकरले मुटुलाई थप क्रियाशील बनाई तोकिएको मात्रामा चलाउँछ । मुटुमा समस्या आएर धड्कन कम हुन थालेपछि चिकित्सकले पेस मेकर राख्ने सल्लाह दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *