Monday, September 3, 2018
Home > पत्र-पत्रिका > बर्ष दिनमा डेढ सय उपलब्धि

बर्ष दिनमा डेढ सय उपलब्धि

काठमाडौं, ९ फागुन –सुशील कोइराला नेतृत्वको सरकारले एक बर्षको अवधिमा आर्थिक तथा विकासका क्षेत्रमा १ सय ४८ उपलव्धी हात पारेको दावी गरेको छ। सरकारले शुक्रबार आफ्नो एक बर्षे कार्यकालको उपलव्धी सार्वजनिक गर्दै सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता छानविन आयोग गठन, भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण, आर्थिक वृद्धीदर ५ प्रतिशतले वृद्धी गर्न सफल भएको दावी गरेको हो। नागरिक दैनिकमा समाचार छ ।

सरकारले आफ्नो बर्षदिने अवधीमा विगतको तुलनामा तीन प्रतिशतले मूल्यवृद्धीमा कमी आएको, पूर्वाधार विकासको क्षेत्रमा वृहत्तर योजना अघि बढाइएको र विकास लगानीमा सहभागी हुन अर्न्तराष्ट्रिय संस्थाहरु थपिएको जनाएको छ।
कोइराला नेतृत्वको सरकारले आफ्नो बर्षदिने अवधीमा ९ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली र ९ सय मेगावाट क्षमताकै अरुण तेश्रोको आयोजना विकास सम्झौता र भारतीय पक्षसंग उर्जा व्यापार सम्झौता भएको भन्दै उर्जा विकासको क्षेत्रमा महत्वपूर्ण उपलव्धी हासिल गरेको जनाएको छ।
पेट्रोलियम पदार्थमा अर्न्तराष्ट्रिय स्तरमा हुने मूल्यको घटवढलाई स्वचालित मूल्य प्रणाली अनुसार नेपालमा पनि समायोजन गर्ने प्रणाली लागु गरि ९ पटकसम्म मूल्य समायोजन गरिएको भन्दै यसलाई सरकारले आफ्नो उपलव्धी मानेको छ।

सरकारका प्रवक्ता समेत रहेका सूचना तथा संन्चार मन्त्रीले सार्वजनिक गरेको सरकारको बर्षदिने उपलव्धीमा १८ औं सार्क शिखर सम्मेलन सम्पन्न गरि राष्ट्रको गौरव बढाएको र शान्ति सुव्यवस्था पनि सन्तोषजनक रहेपनि प्रशासनिक सेवाको क्षेत्रमा भने अझै सुधार गर्दै जानुपर्ने चुनौति विद्यमान रहेको जनाएको छ।

संविधानसभाको निर्वाचन परिणाम चित्त नबुझाइ अस्विकार गरेको एनेकपा माओवादीलाई संविधानसभामा ल्याउन सरकार तथा सत्तापक्षीय प्रमुख राजनैतिक दलहरुले महत्वपूर्ण भूमिका खेलेको सरकारले जनाएको छ। लामो समयदेखि अनसनरत गंगामाया अधिकारीको मागलाई सम्वोधन गर्दै अनसनरत अवस्थाको अन्त्य गरि सरकारी प्रतिवद्धता कार्यान्वयन गर्ने काम भैरहेको समेत जनाइएको छ।
सरकारले आम नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूती दिलाउन एकीकृत सुरक्षा योजना लागु, काठमाडौं छिर्ने नाकाहरुमा सिसिटीभि जडान, राजमार्गको सुरक्षाको लागि ७६ स्थानमा तत्काल उद्धार समूह परिचालन गरिएको जनाएको छ।

सहरी सुन्दरता बढाउन १७ हजार फुटपाथ पसल हटाइएको, यातायातमा सिन्डिकेट हटाउन स्थानीय प्रशासनलाई निर्देशन दिइएको, केन्द्रिय कारागार स्थानान्तरण गर्न नुवाकोटको विदुर नगरपालिकामा ५ हजार भन्दा बढी क्षमताको कारागार निर्माणका लागि गुरुयोजना तयार भैरहेकोलाई पनि सरकारले आफ्नो उपलव्धी मानेको छ।

लामो समयदेखि पदाधिकारी रिक्त रहेका राष्ट्रिय मानव अधिकार आयोजमा पदाधिकारी नियुक्त गरि आयोगलाई पूर्णता दिइएको र यसले मानवअधिकारको संरक्षण र प्रवर्द्धनमा सरकारको प्राथमिकता छर्लङग भएको बार्षिक उपलव्धीमा उल्लेख गरिएको छ।

सरकारले मुलुकको आर्थिक तथा सामाजिक विकासलाई तिव्रता दिन सन २०२२ सम्म नेपाललाई विकासशील मुलुकको स्तरमा पुर्याकउने गरि लगानीको वातावरण बढाउने, भौतिक पूर्वाधारमा जोड दिने काम गरिरहेको दावी गरेको छ।
सरकारले आर्थिक बर्ष २०७० फागुनदेखि ०७१ माघसम्म कुल ३ खर्व ७२ अर्व राजश्व उठाउने लक्ष्य रहेकोमा ३ खर्व ८४ अर्व अर्थात लक्ष्यको १ सय ३ दशमलव ३ प्रतिशत बढी राजश्व संकलन भएको जनाएको छ। यसै अवधीमा १ लाख ९४ हजार करदातालाई करको दायरामा ल्याउन सफल भई ३९ करोड राजश्व संकलन थप गरिएको जनाइएको छ।

वर्तमान सरकार गठन भएपछि बर्षदिनको अवधिमा २ खर्व ८३ अर्व रुपैयाँ बरावरको वैदेशिक सहायताको प्रतिवद्धता प्राप्त भएको भन्दै यसलाई पनि सरकारले आफ्नो उपलव्धी मानेको छ। एसीयाली मुलुकहरुमा पूर्वाधार विकासका लागि स्रोत उपलव्ध गराउने उदेश्यले चीनको अगुवाईमा स्थापित एसियाली पूर्वाधार वैंकमा नेपाल संस्थापक सदस्य भएको उल्लेख छ।

मुलुकमा जनसंख्याको ९७ प्रतिशत टेलिफोन र ३८ प्रतिशत पुगेको जनाउँदै सरकारले सूचना केन्द्रहरु स्थापना गर्ने, मध्यपहाडी लोकमार्गमा अप्टीकल फाइवर जडान गर्ने लगायतका कामहरु भैरहेको जनाएको छ।

देशका विभिन्न १८ वटा जिल्लामा सेमी कभर्डहल, काठमाडौंको मुलपानीमा अर्न्तराष्ट्रिय स्तरको क्रिकेट मैदान र २ सय ८० स्थानमा खेल मैदान निर्माण भैरहेको सरकारले जनाएको छ। त्यसैगरि कर्णाली करिडोरतर्फ ५८ किमि, कोशी करिडोरतर्फ ४४ र कालिगण्डकी करिडोरतर्फ २० किमि सडक निर्माण तथा ग्राभेलको काम सम्पन्न भएको छ भने काठमाडौंमा ५१ किमि सडक कालोपत्रे गरिएको छ।

ग्रामीण सौर्य उर्जा मार्फत ६३ हजार घरपरिवारलाई विद्युत सेवा उपल्ध गराइएको र ३८ हजारलाई बायोग्यास प्लान्ट जडान गरिएको जनाइएको छ।

बर्षदिने अवधिमा सरकारी कार्यालयमा नागरिक वडापत्र राख्ने र अत्यावश्यकीय सेवा दिने कार्यालयहरुमा विहान ६ बजेदेखि वेलुकी ६ बजेसम्म दैनिक १२ घन्टा सेवा दिन सुरुवात गरेको भन्दै सरकारले आफ्नो उपलव्धीमा राखेको छ।

नेपालबाट पोलियो रोग उन्मूलन गरेको, २२ सय उपस्वास्थ्य चौकीलाई स्वास्थ्य चौकीमा स्तरोन्नती गरेको, ८ वटा अस्पताल १६ वर्थिङ सेन्टर लगायतका १ सय ४६ स्वास्थ्य संस्था निर्माण सम्पन्न भएको, एयरपोर्ट र भारतसंग सिमाना जोडिएका ५ नाकामा इवोला डेक्स स्थापना गरिएको सरकारले जनाएको छ।

सरकारले विभिन्न प्रतियोगिता जित्ने खेलाडीलाई पुरस्कार प्रदान गरिएको, ७० बर्ष नाघेका ९ लाख जेष्ठ नागरिकलाई हाल पाइरहेको भत्ताका अतिरिक्त बार्षिक दुई हजार रुपैयाँका दरले औषधोपचार खर्च वितरण गरिएको जनाएको छ।

सरकारले बर्षदिनभित्रै पहिलो चरणमा ७२ र दोस्रो चरणमा ६१ नयाँ नगरपालिका गठन गरिएको भन्दै आफ्नो उपलव्धीमा समावेश गरेको छ। सरकारले दैवी प्रकोप उद्धारका लागि विभिन्न व्यक्ति तथा संस्थाबाट ८४ करोड रुपैयाँ जम्मा गरि ७० करोड रुपैयाँ बरावरको राहत वितरण गरिएको जनाएको छ।

सरकाले आफ्नो बर्षदिने कार्यकालमा कृषीलाई निकै महत्व दिएको उल्लेख गरेको छ। जसअनुसार कृषी कर्जामा ४ प्रतिशत व्याज अनुदान दिने व्यवस्था मिलाइएको, १० जिल्लालाई विशेष कृषी क्षेत्रको रुपमा प्रवर्द्धन गरि कार्यक्रम सन्चालन गरिएको उल्लेख छ। १ सय ७१ मुक्त हलिया परिवारका लागि जग्गा खरिद र घर निर्माण क्रार्यक्रम सुरु भैरहेको सरकारले जनाएको छ। त्यसैगरि कृषी, बन, शिक्षा, सन्चार, यातायात लगायतका क्षेत्रमा सरकारले उच्च प्राथमिकता दिएर सुधारका काम गरिरहेको जनाएको छ।
सरकारले भारत, चीन लगायतका देशहरुसंग सम्वन्ध सुधार गरिरहेको भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई साधन स्रोतले सम्पन्न बनाइएको जनाएको छ। त्यसैगरि समयानुकुल विभिन्न कानूनी सुधारहरु गरिएको र केही कानूनी व्यवस्था संशोधनका लागि व्यवस्थापिका संसदमा पेश भैरहेको सरकारले जनाएको छ।
सरकारको बार्षिक उपलव्धी सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सूचना तथा सन्चारमन्त्री मिनेन्द्र रिजाल, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, बाणिज्य तथा आपूर्तीमन्त्री सुनिलबहादुर थापा, महिला बालबालिका तथा समाजकल्याण मन्त्री निलम केसी (खडका) लगायतको उपस्थिती थियो। प्रधानमन्त्री कोइरालाको नेतृत्वमा गत बर्ष माघ २७ गते वर्तमान सरकार गठन भएको भएपनि सोही बर्षको फागुन ८ गतेमात्रै मन्त्रीपरिषदले पूर्णता पाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *