Friday, September 7, 2018
Home > राष्ट्रिय > बंगलादेशले नेपालको विद्युत किन्ने

बंगलादेशले नेपालको विद्युत किन्ने

काठमाडौं । बंगलादेशले नेपालमा उत्पादित विद्युत किन्ने भएको छ । भारतीय कम्पनी जीएमआरले आफ्नो वाषिर्क प्रतिवेदनमा बंगलादेशले आफूले नेपालमा उत्पादन गरेको विद्युत किन्ने उल्लेख गरेको छ ।

जीएमआरले बनाउन लागेको ९०० मेगावाटको माथिल्लो कर्णाली र ६०० मेगावाटको माथिल्लो मस्र्याङ्दी-२बाट उत्पादित विद्युतमध्ये ५ सय मेगावाट बिजुली किन्ने भएको हो । मस्र्याङ्दीबाट २ सय मेगावाट र कर्णालीबाट उत्पादितमध्ये ३ सय मेगावाट विद्युत बंगलादेशले किन्ने जीएमआरले जनाएको छ । गत फागूनमा भएको तीनदिने उर्जा सम्मेलनमा बंगलादेशको पावर डिभिजन र जिएमआरबीच विद्युत खरिद सम्झौता भएको थियो ।

प्रधानमन्त्री सुशील कोइरालाको उपस्थितिमा बंगलादेशका विद्युत, ऊर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिद र जिएमआरका नेपाल प्रमुख हरबिन्दर मनोचाले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । २०७१ कात्तिकमा काठमाडौंमा सम्पन्न १८औं सार्क शिखर सम्मेलन क्रममा सार्क सदस्यराष्ट्रबीच बिजुली आदानप्रदान तथा ऊर्जा व्यापार गर्ने उद्देश्यले सार्कस्तरीय विद्युत व्यापार सम्झौता (पिटिए) भएको थियो ।

ऊर्जा सुरक्षाका लागि नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय प्रसारण लाइन निर्माणमा समेत बंगलादेशले जोड दिएको छ । विद्युत खरिद बिक्री गर्नका लागि जीएमआरले विद्युत विद्युत व्यापार निगम लि. स्थापनको छलफल सुरु भएको जीएमआरले जनाएको छ । अन्तराष्ट्रिय वित्त निगम (आइएफसी), विश्व बैंकले दुई वटै परियोजनामा लागतको १० प्रतिशत लगानी गर्ने जीएमआरको अपेक्षा छ । Transmission-line

Leave a Reply

Your email address will not be published. Required fields are marked *