Friday, September 7, 2018
Home > पत्र-पत्रिका > फेसबुकको वालमा ‘जतिबेला पनि सेक्स चाहिने’ भन्ने लेखेपछि

फेसबुकको वालमा ‘जतिबेला पनि सेक्स चाहिने’ भन्ने लेखेपछि

काठमाडौँ,पुस १६– सेनामा भर्खरै मात्र भर्ना भएकी एक जना युवतीले आफ्नो फेसबुकको वालमा लेखिन, ‘म एकदम सेक्सी छु, मलाई जतिवेला पनि सेक्स चाहिन् ।’ त्यसमा एक अर्धनग्न तस्बिर समेत राखिएको थियो ।
पश्चिमी मुलुकतिर समाज उदार छ र यस्ता कुराहरू पनि चल्दा हुन । तर हामीकहाँ त्यो पनि नेपाली सेना जस्तो फलामे अनुशासनमा बस्नुपर्ने निकायका युवतीका कुरा ।
भन्नेले नै आफूलाइ कामुलक भन्दै यौनआशक्ति देखाएपछि त्यसमा कति र कस्ता कमेन्ट आए होलान, अनुमान गर्नुस त । ब्यारेकमा मेजरले सोधे यो के तामासा गरेको ? बिचरी लालकुमारी (नाम परिवर्तन) छागाँबाट खसे जस्तै भइन । उनले आफ्नो अकाउन्ट खोलेर हेरिन ।
फेसबुक वालमा स्टाटस र फोटो हेरेपछि एकछिन त उनी बेहोसै भइन । होस खुलेपछि उनले बेलिबिस्तार लगाउँदै भनिन यो काम त्यही आवाराको हो सर ।
उनले आरोप लगाएका ती युवक हुन नुवाकोट तारुकाका २४ वर्षीय प्रल्हाद अधिकारी, उनी अहिले हनुमानढोकामा छन् । अधिकारीले आफ्नो गर्लफेन्डको एकाउन्टको पासवर्ड लिएर यस्तो काम गरेको प्रहरीले जनाएको कुरा जनआस्था साप्ताहिकको एक खबरमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *