Friday, September 7, 2018
Home > राजनीति > प्रधानमन्त्रीको भारत भ्रमण अगाडि नै राजनीतिक संयन्त्र बनाउने सहमति

प्रधानमन्त्रीको भारत भ्रमण अगाडि नै राजनीतिक संयन्त्र बनाउने सहमति

काठमाडौं। मुलुकको समस्या समाधान गरेर भारत भ्रमणमा जान प्रमुख दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।
baithak
प्रमुख तीन दल र मधेसी मोर्चासहित कार्यदलको प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बसेको बैठकमा शीर्ष नेताहरुले मधेस समस्या सामधान गरेर भारत भ्रमण गरे राम्रो सन्देश जाने भन्दै त्यसका लागि पहल गर्न सुझाएका हुन् ।

बैठकमा सहमतिका लागि कार्यदललाई फेरि सक्रिय बनाउने सहमति भएको छ । दलहरुबीच प्रधानमन्त्रीको भारत भ्रमण अगाडि नै प्रदेश सीमांकनको विवाद टुंग्याउन राजनीतिक संयन्त्र बनाउने सहमति पनि भएको छ ।

प्रधानमन्त्री ओलीको आह्वानमा बसेको बैठकमा तीन दल र मधेसी मोर्चाको कार्यदलले वार्ता तीव्र पार्ने र आइतबारसम्ममा राजनीतिक संयन्त्रको कार्यविधि टुग्याउने गृहकार्य थालेको छ ।

बैठकपछि नेताहरुले छलफल परिणाममुखी भएको भन्दै अर्को बैंठकमा सबै विषय टुंग्याइने जानकारी दिए ।

मधेसी मोर्चाका नेताले पनि सहमतिका लागि आफूहरु लचिलो भएको भन्दै राज्य पुनसंरचना आयोग, संवाद समितिको प्रतिवेदनका आधारमा सीमांकनलगायतका विषयमा थप गृहकार्य गरेर अगाडि बढ्न सक्ने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *