Monday, September 3, 2018
Home > राष्ट्रिय > पुनर्निर्माणका लागि १ खर्ब ४६ अर्व बजेट छुट्याइयो

पुनर्निर्माणका लागि १ खर्ब ४६ अर्व बजेट छुट्याइयो

काठमाडौं । सरकारले भूकम्पपछिको पुनर्निर्माणका लागि १ खर्ब ४६ अर्ब १८ करोड रकम विनियोजन गरेको छ ।

संसदमा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री कृष्णबहादुर महराले पुनर्निर्माणलाई प्राथमिकतामा राखिएको बताए । उनले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट खर्च गर्ने गरी पुनर्निर्माणका लागि १ खर्ब ४६ अर्ब १८ करोड रकम विनियोजन गरिएको बताए ।

सरकारले स्थानीय तहलाई पनि पुनर्निर्माणमा सहभागी गराउने बताएको छ भने एकीकृत वस्तीहरु बनाउने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *