Friday, September 7, 2018
Home > पत्र-पत्रिका > पानीको मुहान प्रदुषित हुँदा महामारी

पानीको मुहान प्रदुषित हुँदा महामारी

काठमाडौ । वर्षौदेखि पँधेराको पानी पिइरहेका सिन्धुपाल्चोक जिल्लाको बतासे गाविस-१ भोटेफुल्टिङका सर्वसाधारण भूकम्पपछि त्यही पानी पिउँदा विरामी परेका छन् ।
पानीकै कारण बतासेका चार जनाको मृत्यु भइसकेको पुष्टी भएको छ भने एक सय २५ जना भन्दा बढी विरामी भएका छन् ।
drinking-waterr
विरामी हुनेमा अधिकांश वृद्ध महिला र बालबालिका छन् ।
विरामी भएकामध्ये १७ जनाको सिन्धुपाल्चोकको चौतारा अस्पतालमा उपचार भइरहेको छ भने चार जनालाई धुलिखेल सामुदायिक शिक्षण अस्पतालमा भर्ना गरिएको छ । अन्यलाई चार दिनदेखि धुलिखेल सामुदायिक अस्पताल, चौतारा अस्पताल र स्वास्थ्य मन्त्रालयको टोलीले गाउँमै उपचार गराइरहेको नेपाल समाचारपत्रमा खबर छ ।
शुक्रबार दिउँसोसम्म सोही वडामा एक सय १० घरपरिवारका ३ सय ८० जनाको उपचार भइसकेको धुलिखेल सामुदायिक शिक्षण अस्पतालका बालरोग विशेषज्ञ डा.निराजन भुसालले बताए ।
अस्पतालको टोली चारदिनपछि शुक्रवार धुलिखेल फर्किएको छ । सोही वडाका ४ जनाको उपचार धुलिखेलमै भइरहेको भुसालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *