Friday, September 7, 2018
Home > राष्ट्रिय > पहिरोले ग्रील उद्योग पुरियो, एकको मृत्यु, पाँचजना घाइते

पहिरोले ग्रील उद्योग पुरियो, एकको मृत्यु, पाँचजना घाइते

a

गुल्म । वर्षासंगै गएको पहिरोले एक ग्रील उद्योग पुरिंदा गुल्मीमा एक जनाको मृत्यु भएको छ भने पांच जना घाइते भएका छन् ।

मृत्यु हुनेमा जुनिया–५ का ३१ वर्षीय दुर्गाबहादुर थापा छन् । त्यस्तै सोही स्थानका खेमराज थापा, उनकी श्रीमती सुनिता, छोरी हीरा सहित वर्षा थापा र दिबरुङ –६ का दीपक थापा घाइते भएका छन् ।

मंगलबार राती शान्तिपुर गाउं विकास समिति वडा नम्बर १ बसपार्कमा गएको पहिरोले थापाले संचालन गर्दै आएको ग्रील उद्योग पुरिएको प्रहरीले जनाएको छ ।

अविरल वर्षाका कारण गुल्मीको विद्युत् सेवा समेत अवरुद्ध बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *