Friday, September 7, 2018
Home > स्थानीय > पशुपति शम्सेर भन्छन्- २ नम्बर प्रदेशमा राम्रो परिणाम ल्याउँछौं

पशुपति शम्सेर भन्छन्- २ नम्बर प्रदेशमा राम्रो परिणाम ल्याउँछौं

‘कांग्रेससँग चुनावी तालमेलको प्रयास’

जनकपुर । राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शम्सेर राणाले दुई नम्बर प्रदेशमा हुने स्थानीय निर्वाचनमा नेपाली कांग्रेससँग तालमेलको प्रयास भइरहेको बताएका छन् । प्रजातान्त्रिक शक्तिहरुबीच एकता आवश्यक रहेकाले कांग्रेससँग तालमेलको प्रयास गरेको राणाले जानकारी दिए ।

सोमबार जनकपुरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष राणाले सो जानकारी दिएका हुन् ।

आफूले नेतृत्व गरेको राप्रपा प्रजातान्त्रिकमा उत्साह देखिएको भन्दै उनले चुनावमा राम्रो परिणाम ल्याउने दाबीसमेत गरे ।

‘पार्टी विभाजन भएपछि हाम्रा कार्यकर्ताहरुमा एक प्रकारको उत्साह देखिएको छ,’ राणाले भने, ‘दुई नम्बर प्रदेशको निर्वाचनमा पार्टीले राम्रो परिणाम ल्याउँछ ।’

मधेसको समस्या समाधान गर्न आफ्नो पार्टी प्रतिवद्ध रहेको बताउँदै उनले भने, ‘हरेक समुदाय, जो उत्पीडनमा परेका छन्, उनीहरुलाई अधिकार दिनुपर्छ ।’

राप्रपा र राप्रपा नेपालबीचमा पार्टी एकीकरण भएपछि पार्टी कार्यकर्ताहरु निसास्सिएर बसेको बताउँदै उनले कमल थापाको अधिनायकवादी चरित्रको कारण अलग हुनु परेको बताए । कमल थापाले पार्टी कार्यकर्ताहरुलाई पल्टन जस्तो व्यवहार गरेको आरोपसमेत राणाले लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *