Friday, September 7, 2018
Home > खेलकुद > नेपाल र नामिबिया बीचको खेल वर्षाले अवरुद्ध, दुबै टोली अंक बाँड्न बाध्य

नेपाल र नामिबिया बीचको खेल वर्षाले अवरुद्ध, दुबै टोली अंक बाँड्न बाध्य

काठमाडौं । आयरल्याण्ड र स्कटल्याण्डको संयुक्त आयोजनामा जारी विश्वकप ट्वेन्टी–२० छनोट क्रिकेटको दोस्रो खेलमा नेपालले नामिबियासंग अंक बाँडेको छ ।
नर्दन आयरल्याण्डको बेलफास्टमा शनिबार वेलुकी भएको खेल वर्षाले पटक पटक अवरुद्ध भएपछि दुबै टोलीले एक एक अंक बाँडेका हुन् ।
n221
वर्षाको कारण झण्डै डेढ घण्टा ढिलो सुरु भएको खेलमा नेपालले टस जितेर पहिले फिल्डीङ गर्ने निर्णय गरेको थियो ।
नाबिमियाले ७ ओभर मात्रै व्यािटङ गरेको अवस्थामा पानी परेपछि खेल रोकियो । यसपछि १७ ओभरमा घटाएर फेरी सुरु गरिएको खेल पनि वर्षाले अवरुद्ध भयो ।
अन्तिम पटक खेल रोकिनुपुर्व नामिबियाले ७ दशमलव ४ ओभरमा १ विकेट गुमाएर ६१ रन जोडेको थियो ।
यसपछि खेल सुचालु गर्न नसकिएपछि दुबै टोली अंक बाँड्न बाध्य भएका हुन् ।
यो खेलपछि समूहका दुई खेलबाट ३ अंक जोडेको नेपाल अंक तालिकाको शिर्ष स्थानमा रहेको छ ।
नेपालले आफ्नो तेस्रो खेलमा सोमबार प्रतियोगिताको सह–आयोजक आयरल्याण्डसँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *