Friday, September 7, 2018
Home > राष्ट्रिय > नेटवर्किङ व्यवसायको नाममा ठग्ने विदेशी गिरोह सक्रिय

नेटवर्किङ व्यवसायको नाममा ठग्ने विदेशी गिरोह सक्रिय

१२ चैत, काठमाडौं
अनलाइन नेटवर्किङ व्यापारको नाममा ठगी गर्ने विदेशी गिरोह नेपालमा सक्रिय भएको खुलेको छ ।

काठमाडौं प्रहरी पसिरले फोरक्स अनलाइन मनी मार्केट कम्पनमा रहेको वेस्टर्न एफएक्स कम्पनीको नेपाली एजेन्ट भएको भन्दै ठगीमा सक्रिय दुई जनालाई पक्राउ गरेको गरेसँगै नेटवर्किङ व्यापारको नाममा ठगी गर्ने विदेशी गिरोह सक्रिय रहेको खुलेको हो ।

पक्राउ पर्नेमा ३२ वर्षीय बंगलादेशी नागरिक राहत हसन राणा र भारतीय नागरिक तरसेम शर्मा छन् । उनीहरु ४/५ महिनाअघि नेपाल प्रवेश गरेर कम्पनीमा लगानी गरे २० देखि ६० प्रतिशतसम्म फाइदा हुने भन्दै ठगी गरेका थिए ।

उनीबाट २५ जना ठगिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । थप अनुसन्धान भइरहेको परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेल बताउँछन् ।

‘नेपालमा दर्ता समेत नभइ पीडितलाई जति लगानी गर्‍यो त्यति धेरै नाफा हुने भन्दै ठगी गरेको पाइएको छ’, पोखरेलले भने, ‘कारोबार गर्ने व्यक्तिलाई कुनै प्रमाणसम्म पनि दिइएको छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *