Friday, September 7, 2018
Home > राष्ट्रिय > नारायणगढमा व्यापारी र बन्दकर्ताबीच झडप

नारायणगढमा व्यापारी र बन्दकर्ताबीच झडप

भाद् , नारायणगढको पुल्चोकमा थारु बन्दकर्ता र व्यवसायीबीच बिहान साढे ११ बजे झडप भएको छ । कम संख्यामा रहेका बन्दकर्तालाई रोक्दै सुरक्षाकर्मीले पश्चिमबाट आएर नारायणी पुलमा रोकिएको ३ दर्जन बढी यात्रुवाहक तथा मालवाहक सवारी साधनलाई पुल्चोक कटाएको थियो ।
30082015011531Jhadap_Chitwan-600x0

प्रहरीले सवारी साधन पठाएपछि व्यवसायीले बन्दकर्ताको प्रतिवादमा लागेका थिए । उनीहरु बन्दकर्ता विरुद्ध नारावाजी गर्दै बन्द विफल पार्न लागेका थिए ।

झडपलाई नियन्त्रणमा लिन प्रहरीले केहीबेर लाठी चर्ज गरेको थियो । झडपको क्रममा प्रहार भएको ढुंगां लागेर वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक सत्यनारायण थापा घाइते भएका छन् ।
उनको हातमा चोट लागेको छ । झडपको क्रममा बन्दकर्ता र व्यवसायीतर्फ आधा दर्जन बढी व्यक्ती सामान्य घाइते भएका छन् । झडपपछि नारायणगढको स्थिति तनावपूर्ण भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *